काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । ट्रम्प राष्ट्रपतिमा पुनः निर्वाचित भएपछिको यो उनीहरूको पहिलो भेट हो ।

बैठकमा मुख्य रूपमा व्यापार, भन्सार शुल्क (ट्यारिफ) र आप्रवासनबारे छलफल केन्द्रित रहेको बताइएको छ ।

यो मोदीको प्रधानमन्त्री बनेपछि अमेरिकाको १०औँ भ्रमण हो र ट्रम्पसँगको चौथो भेट हो । यो बैठकले भारत–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

दुई नेताले व्हाइट हाउसमा एक आपसमा हात मिलाएर र अँगालो हाली अंतर्राष्ट्रिय संचारमाध्यमसँग संवाद गरे र त्यसपछि द्विपक्षीय वार्ता सुरु गरे ।