बम बिस्फोट घटनाका पीडित परिवारलाई भेट्न पुगे मुख्यमन्त्री राउत
धनुषा -क्षिरेश्वरनाथ नगरपालिका –५ महेन्द्रनगरमा भएको बम बिस्फोट घटनाको पीडित परिवारलाई मुख्यमन्त्री लालबाबु राउतले भेटेका छन् ।
आइतबार बिहानै मृतक परिवारको घरमा पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई राहत समेत उपलब्ध गराउने घोषणा गरेका छन् ।
‘घाइतेहरुको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्छ’ उनले भने, ‘परिवारलाई क्षतिपूर्ती पनि उपलब्ध गराउँछौं ।’
उनीसहितको टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्य न्यायाधिबक्ता दिपेन्द्र झा, प्रदेशसभा सदस्य सिघासन कलबार रहेका थिए ।
शुक्रबार मध्य रातमा भएको बिष्फोटमा परी ४५ वर्षीय राजेश साह, उनका १५ बर्षीय छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो ।
बिष्फोटनमा परी मृतक राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश, १९ वर्षीया छोरी अञ्जली, ७० वर्षीय पिता भिखारी साह र प्रहरी जवान रिझनाथ महतो गम्भीर घाइते भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस