नहरमा डुवेर ८ वर्षीय बालकको मृत्यु
खबर एक्सप्रेस
२०७७-०१-०२ ०६:०६ मा प्रकाशित
Total Shares: 522
काठमाडौं - सुनसरीको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङ रंगेली नगरपालिका २ घर भई दुहवी ७ मा रहेको एवीआइ इँट्टाभट्टामा काम गर्ने सुरज ऋषिदेवको ८ वर्षीय छोरा करण ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
आमासँगै नहरमा नुहाउनका लागि गएका बेला अचानक पानीमा डुवेर गम्भीर घाईते भएकोमा ती बालकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा सोमबार मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस