काठमाडौं - प्रदेश दुईको एक किशोरमा कोरोना संक्रमण पुष्टि भएपछि संघीय सरकारले स्वाब संकलन कार्यलाई तीव्र बनाएको छ । संघीय सरकारले नेपाली सेना र मेडिकल ल्यावरोट्री अफ नेपालको सहयोगमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी लगायत आठ वटै जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार भन्दा बढि व्यतिmको परिक्षणका लागी संकलन गरिएको छ ।

प्रदेश सरकारको समन्वयमा आएका ६ वाट टोलीले हिजो देखि नै स्वाब संकलन गरेका छन् । नेपाली सेना तथा मेडिकल ल्यावरोट्रीको सो समूहले भोली सम्म काठमाडौको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरमा रहेका मेसिनले दिनमा ८ जना सम्मको मात्र स्वाब संकलन गरिरहेको थियो । प्रदेश दुईमा स्वाब परिक्षण गर्ने उपकरण नहुदाँ तथा परिक्षण गरिएका रिपोर्टमा पनि शंका उपब्जिएपछि संघिय सरकारले प्रदेश भरि रहेका क्वारेन्टिनमा गएर नै स्वाब संकलन कार्यलाई तिव्रता दिएको हो ।

स्वाब संकलन गरिएको मध्ये ८ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ८ सय २३ जनाको रिपोर्ट आउन वाँकी छ । प्रदेश भरि आज सम्म ४ हजार ५ सय २३ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ ।

प्रदेशका विभिन्न क्वारेन्टिनमा एक हजार ४ सय ८९ जना छन भने चिकित्सक र स्वास्थ्यकर्मीको रेखदेखमा एक हजार ६ सय २१ जना घरमै सुरक्षित क्वारेन्टिाइनमा छन् । २९ जना आइसोलेसनमा उपचारार्थ छन् ।