काठमाडौं - नेपालमा फेरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार संक्रमित हुनेहरुमा ४ जना पर्सा, ४ जना दाङ, १ जना उदयपुर र १ जना काठमाडौं सतुंङगलका रहेका छन् । 

नयाँ संक्रमितमा पर्साका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङ तुल्सीपुरका २३,३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौं सतंगुलका ७ वर्षीय बालक छन्।