काठमाडौं - भारतले एक हप्ता अघि सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रतिवन्धित नेकपा निकट विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।