काठमाडौं - अर्थ मन्त्रालयमा चार जना सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ ।
ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले सोमबार राजीनामा दिएपछि मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
जिम्मेवारी हेरफेर हुनेमा सुमन दाहाल, बन्धुप्रसाद बाँस्तोला, प्रेम आचार्य र नारायणप्रसाद रिसाल रहेका छन् ।
सहसचिव सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि बजेट महाशाखा प्रमुख थिए ।
लुम्बिनी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका बन्धुप्रसाद बाँस्तोलालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, केदार शर्माले राजीनामा दिएपछि रिक्त रहेको ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा प्रेम आचार्यलाईपठाइएको छ । आचार्य यसअघि भन्सार विभागका उपमहानिर्देशक थिए ।
नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । उनी कोशी प्रदेशबाट सरुवा भएर अर्थ मन्त्रालय आएका हुन् ।

.gif)



