काठमाडौं - नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।
वीरगञ्ज महानगरपालिका-३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी उपक्षेत्रीय अस्पताल स्रोतले जनाएको छ । उनलाई अहिले अस्पतालको आइसोलेसनमा राखिएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ । त्यसमध्ये १६ जना निको भएका छन्।

.gif)



