काठमाडौं - एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको फाइनलमा नेपाली ओपनर आसिफ शेखले शानदार शतक प्रहार गरेका छन् ।

आसिफले १०३ बलको सामना गर्दै शतक पूरा गरेका हुन् । उनले आफ्नो शतकीय इनिङ्समा ८ चौका र ४ छक्का प्रहार गरेका छन्। शतक पूरा गरेपछि पनि उनी अविजित रहँदै नेपालका लागि रन थपिरहेका छन् ।

यो खबर तयार पार्दासम्म नेपालले ३५ ओभरमा २ विकेट गुमाएर १८९ रन बनाएको छ। आसिफलाई रोहितकुमार पौडेलले १९ रन बनाएर साथ दिइरहेका छन्।

फाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले सुरुवातदेखि नै आक्रामक र संयमित ब्याटिङ गर्दै यूएईमाथि दबाब बनाएको छ।