काठमाडौं उपत्यकामा थपिए ५ सय ६२ संक्रमित, सक्रिय ७७२३
काठमाडौं - काठमाडौं उपत्यकामा थप ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ५ सय ६२ जना संक्रमित थपिएका हुन्।
जसमध्ये काठमाडौंमा ३ सय ७८, ललितपुरमा १२४ जना र भक्तपुरमा ६० जना संक्रमित थपिएका हुन्। हाल काठमाडौं उपत्यकामा ७७२३ सक्रिय संक्रमित छन्।
यसैगरी, काठमाडौंमा ५०९१, भक्तपुरमा १०४५ र ललितपुरमा १५८७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार मुलुकभरमा ७४९९ जनाको पिसिआर परीक्षणबाट १७४५ जनामा संक्रमण पुष्टि भएको छ भने ४०२८ जनाको एन्टिजेन परीक्षणबाट ८७७ जनामा पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२११ जना संक्रमणमुक्त भएका छन्। यस्तै २३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९२४८ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत छ।
फेसबुक पेज Like गर्नुहोस