काठमाडौं - देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक  मनसुनी न्युन चापिय रेखा रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भई एक/दुई स्थानमा मेघगर्जनर चट्याङ्ग सहित भारी वर्षा  भईरहेको छ। बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ। 

आज दिउँसो प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

यस्तै, रातिमा भने प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  । शुक्रबार र शनिबार पनि मुलुकका विभिन्न भागमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  ।

आगामी २४ घण्टाका लागि चेतावनी दिँदै महाशाखाले भनेको छ, ‘प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन  सबैमा अनुरोध छ ।’