काठमाडौं - पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना छ। 

 दिउँसोपख पुर्व,मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमवीद् समिर श्रेष्ठले दिउँसोपख काठमाडौंमा पनि पानी पर्ने बताए। गएराति काठमाडौं उपत्यकासहित देशका पश्चिमी भेगहरुमा पानी परेको थियो। 

काठमाडौंमा गएराति २ मिलीमिटर बर्षा मापन भएको मौसमबीद् श्रेष्ठले जानकारी दिए। उपत्यकाको न्युनतम तापक्रम आज विहान १५ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर २९ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।