काठमाडौ -  काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइ गर्ने कर्मचारीमा र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।

शुक्रबार टेकु अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा एन्टिबडी पोजेटिभ देखिएको महानगरपालिकाको कार्यालयले जनाएको छ । पोजेटिभ देखिएकामध्ये १६ जना पुरुष र १५ जना महिला छन्।

अहिले उनीहरूलाई महानगरपालिकाको वातावरण भवनको क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको संक्रमण यकिन गर्न थप पिसिआर परीक्षण गर्ने तयारी गरिएको छ।

शुक्रबार टेकु अस्पतालमा महानगरपालिकाका सरसफाईमा खटिने ९ सय ३२ जना कर्मचारीको कोरोना परीक्षण गरिएको हो।