काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक व्यवसाय विधेयकमार्फत् बन्द भएका उद्योग पुनस् सञ्चालन गर्न लागिएको बताएका छन् ।
संघीय संसद्को राष्ट्रियसभाको बैठकमा औद्योगिक व्यवसाय विधयेक प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । औद्योगिक वातावरण सहज बनाउन, लगानी खुकुलो बनाउन र औद्योगिक प्रतिष्ठान खोल्न तथा बन्द गर्न सजिलो होस् भनेर नै उक्त विधेयक ल्याइएको उनको भनाइ छ ।
विधयेक ऐन बनेपछि औद्योगिक र व्यावसायिक वातावरणमा सहजता आउने अर्थमन्त्री खतिवडाले प्रस्ट पारे ।
औद्योगिक व्यवसाय विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । राष्ट्रियसभामा प्रस्तुत गरिएको विधयेकमा संशोधनका लागि मंगलबार बेलुकीसम्मको समय तोकिएको छ।

.gif)



