काठमाडौं - पत्रकार शलिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई जिल्ला अदालत चितवनमा उपस्थित गराइएको छ।

बिहीबार नै पक्राउ गरिएका न्यूज २४ का सञ्चारकर्मी युवराज कँडेल तथा नर्स रुकु भनिने अस्मिता कार्कीलाई समेत अदालत उपस्थित गराइएको छ।

न्यायाधीश विनोदकुमार गौतमको इजालसमा पेश गरिएका उनलाई प्रहरीले थुनामा राखी अनुसन्धान गरिपाउँ भन्ने माग गरेको छ।कानुनअनुसार आत्महत्यामा दुरुत्साहन अभियोगमा अदालतबाट अनुमति लिएर प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ।