करेन्टाइनमा बस्दै आएकी एक महिलामा ‘कोरोना पोजेटिभ’
खबर एक्सप्रेस
२०७७-०१-०१ ०१:०६ मा प्रकाशित
Total Shares: 460
काठमाडौं - कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक ६५ वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
लम्की वहुमुखी क्याम्पसको करेन्टाइनमा बस्दै आएकी उनमा शुरुमा –यापिड टेस्ट गर्दा कोरोना नेगेटिभ देखिएको थियो ।तर, पीसीआर मेसिनबाट थप परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतले पनि पीसीआर प्रविधिबाट उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ।उनलाई अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राख्न पठाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस