दाङमा बञ्चरो प्रहारबाट २ जनाको हत्या
खबर एक्सप्रेस
२०८१-०१-२९ ०८:२१ मा प्रकाशित
Total Shares: 113
दाङ - दाङमा शनिबार दिउँसो दुईजना महिलाको हत्या भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बञ्चरो र कोदालो प्रहार गरी ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनारको हत्या गरिएको छ । उनीहरु कोठा भाडामा बस्दै आएका थिए ।
घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुको हत्या गरेको आरोपमा रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनी पेसाले अटो चालक हुन् । हत्याको कारण खुलिनसकेको र घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।
फेसबुक पेज Like गर्नुहोस