एनएमवी बैंकको खराव कर्जा बढ्यो
काठमाडौं - एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा १४.०६ प्रतिशत धेरै हो। गत आवको यसै अवधिमा बैंकले १ अर्ब ६५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा बैंकको वितरण योग्य नाफा ५८ करोड ७७ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख रुपैयाँ रहेको थियो।
बैंकको खुद ब्याज आम्दानी बढ्दा उसको नाफा बढ्न सहयोग पुगेको हो। बैंकले चैत मसान्तसम्ममा ४ अर्ब २९ करोड खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा १ अर्ब २० करोड रुपैयाँ धेरै हो।
बैंकको सञ्चालन नाफा भने ४७ करोड २७ लाख करोड रुपैयाँ घटेर १ अर्ब ८७ करोड ६४ लाखमा झरेको छ।
चैत मसान्तसम्ममा बैंकले १ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ५६ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आवको अन्त्यसम्मामा बैंकले ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
गत आवको तुलनामा बैंकको खराब कर्जा अनुपात बढेको छ। गत आवको चैत मसान्तमा ०.७९ प्रतिशत रहेको खराब कर्जा बढेर २.४८ प्रतिशतमा पुगेको छ।
चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.६९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ८३ पैसा, मूल्य आम्दानी अनुपात २०.१७ गुणा, पूँजीकोष अनुपात १४.२६ प्रतिशत र कोषको लागत ७.०९ प्रतिशत रहेको छ। चैत मसान्तसम्ममा बैंकको आधारदर ९.९९ प्रतिशत छ भने स्प्रेडदर ४.८८ प्रतिशत छ।
फेसबुक पेज Like गर्नुहोस