काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका महासचिव विष्णु पौडेल मंगलबार आज सिंगापुर प्रस्थान गर्दैछन् ।
प्रधानमन्त्री ओली भदौ ५ देखि सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मृगौलाको उपचार गराइरहेका छन् । उनको ‘प्लाज्माफेरेरिस’ उपचारको शृंखला आगामी बुधबार सकिनेछ ।
‘प्रधानमन्त्रीज्यूलाई भेट्न आज सिंगापुर जाँदैछु, उहाँलाई लिएरै फर्किन्छु होला,’ महासचिव पौडेलले भने, 'अहिलेसम्मको कार्यतालिकाअनुसार प्रधानमन्त्रीज्यू शुक्रबार स्वदेश फर्किने तय भएको छ ।'
उनले आफू एक्लै सिंगापुर जान लागेको र सचिवालय सदस्य वामदेव गौतम भने सिंगापुर जाने कार्यक्रम नरहेको बताए । उनी आज दिउँसो १ बजे सिंगापुरतर्फृ प्रस्थान गर्न लागेका हुन् ।

.gif)



