काठमााडौं - सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय बिहीबार सकिँदै थियो ।

कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो । चैत ११ गतेदेखि लागू गरेको लकडाउन लगातार पाँचौंपटक थपिएको छ ।

लकडाउनमा केही रुपान्तरण गर्ने भनिएता पनि पहिलेकै अवस्थालाई निरन्तरता दिइने भएको हाे । कोरोनाका बिरामी बढ्दै जाँदा लकडाउन पनि थपिँदै गएको छ । 

कोरोना भाइरस संक्रमित बढ्दै गएपछि सरकारले चैत १८–२५, चैत २५–वैशाख ३, वैशाख ३–१५ र वैशाख १५–२५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।

कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपनि संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।