काठमाडौं - सरकारले भारत, चीन, अमेरिकालगायत १३ देशका लागि राजदूत सिफारिस गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेलाई राजदूतमा सिफारिस गरेको छ । 

त्यस्तै चीन मामिला विज्ञ कल्याणराज शर्मालाई चीनको राजदूतमा सिफारिस गरिएको छ भने सुरक्षा विज्ञ चिरनजंग थापालाई अमेरिकाका लागि सिफारिस गरिएको छ । 

यसअघि भारतका लागि नेपाली राजदूतमा चर्चामा रहेका पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा बेलायतका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् भने आप्रवासन विज्ञ सरू जोशीलाई जर्मनीका लागि राजदूत सिफारिस गरिएको छ ।

को कहाँ सिफारिस ?

१. निश्चलनाथ पाण्डे- भारत 

२.  कल्याणराज शर्मा- चीन

३. चिरनजंग थापा-अमेरिका

४.गौरव शमशेर जंगबहादुर राणा-संयुक्त अधिराज्य (यूके) 

५. जिग्यानकुमार थापा - जापान

६. सुरेशकुमार कर्ण - इजरायल

७. प्राप्ति शेरचन - स्पेन

८. शरू जोशी- जर्मनी

९. पद्माक्षी राणा- ओमान

१०. चूडामणि खरेल- मलेसिया

११. प्रा. डा. सङ्गम श्रेष्ठ- दक्षिण कोरिया

१२. डा. मंचला झा- श्रीलंका

१३. गिरीबहादुर सुनार- साउदी अरेबिया