काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले  गैरजिम्वेवारलाई कारवाही गर्ने क्षमता गुमाइसकेको बताएका छन् ।

नौबिसे नागढुङ्गा सडक खण्डको जाममा परेर बिरामीको मृत्यु भएका समाचार सार्वजनिक भएपछि शनिबार बिहान ट्वीटरमार्फत् अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

थापाले ‌ओलीलाई प्रश्न गर्दे भनेका छन्(  ‘गैरजिम्मेवार र निकम्मालाई कारबाही गर्नसक्ने क्षमता प्रधानमन्त्रीले गुमाइसकेको हो रु’  थापाले यसलाई सरकारको उदासिनता, अकर्मण्यता र असफलताको ज्वलन्त उदाहरण भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई ट्वीटरमा मेन्सन गर्दै ठूला ठूला भाषण नभई जनतालाई राहत दिन र दुस्ख नदिन आग्रह गरेका छन् ।