आमा बन्दै बलिउड अभिनेत्री आलिया भट्ट
खबर एक्सप्रेस
२०७९-०३-१४ ०८:३९ मा प्रकाशित
Total Shares: 252
काठमाडौं - बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको घोषणा गरेकी हुन्। उनले सोमबार इन्स्टाग्राममा तस्बिर सेयर गर्दै लेखेकी छन्, 'हाम्रो बच्चा... छिट्टै आउँदैछ।'
उक्त तस्बिरमा आलिया र रणवीर कपूर अस्पतालमा स्क्यान हेर्दै गरेको देखिन सकिन्छ। आलिया र रणबीरले अप्रिल १४ मा विवाह गरेका थिए।
रणवीर र आलिया आयान मुखर्जी निर्देशित फिल्म 'ब्रह्मास्त्र' सेप्टेम्बर ९ तारिखमा प्रदर्शन हुँदैछ। त्यस्तै रणवीर नयाँ फिल्म 'शमशेरा'मा देखिँदैछन्। यो फिल्म आगामी जुलाई २२ देखि प्रदर्शन हुनेछ।
फेसबुक पेज Like गर्नुहोस