काठमाडौं - सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए । सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको छ ।

त्यस्तै सरकारले मासिक १० युनिटमात्र विद्युत उपभोग गर्नेलाई निशुल्क दिने भएको छ। त्यसैगरी १ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्ताले २५ प्रतिशत छुट पाउने छन्। २ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई १५ प्रतिशत छुट दिइने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमा व्यवस्था गरेका छन्।

लकडाउन अवधिको डिमाण्ड शुल्कमा उद्योगीले समेत छुट पाउने भएका छन्। त्यस्तै रातको समयमा विद्युत खपत गर्दा ५० प्रतिशत मात्रै शुल्क लिने ब्यवस्था बजेटमा गरिएको छ।