राष्ट्रिय सभा निर्वाचनका लागि ११ दल दर्ता
काठमाडौं - माघ ९ का लागि तय गरिएको राष्ट्रिय सभाका एकतिहाइ सदस्यको निर्वाचनका लागि ११ दल सहभागी हुने भएका छन् ।
निर्वाचनमा सहभागी हुन दल दर्ताका लागि तोकिएको आज (आइतबार) सम्ममा निर्वाचन आयोगमा ११ दलले दल दर्ता गराएका हुन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराउनेहरूमा सत्तारुढ नेकपा, नेपाली जनता दल, नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, ऐतिहासिक प्रजातान्त्रिक पार्टी, समाजवादी पार्टी, राट्रिय जनता पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) दल रहेका छन् ।
प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सदस्यका लागि निर्वाचन हुने संवैधानिक व्यवस्थाअनुसार माघ ९ गते १८ जना सदस्य निर्वाचित हुनेछन् भने एकजना मन्त्रिपरिषदको सिफासिरमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
फेसबुक पेज Like गर्नुहोस