काठमाडौं, एजेन्सी - भारत सरकारले आज आर्थिक वर्ष २०२५–२६ का लागि बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्वजनिक गर्न लागेकी हुन् ।

 हिजो अर्थमन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन् ।

यसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ को अवधिमा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.३५ देखि ६.८५ हुने अनुमान गरिएको छ ।

यस्तै सो बजेट मन्तब्यपछि नेपालका लागि पनि सहयोग घोषणा हुनेछ । भारतले सार्क राष्ट्रका लागि पनि बजेट छुटयाउँदै आएको छ ।