काठमाडौं,ओखलढुंगा-ओखलढुंगामा पहिरोले घर गोठ पुरिएको छ ।

जिल्लाको ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ ।

घर पुरिंदा खत्री र निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।