आज आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत हुँदै
काठमाडौं - आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न लागेका हुन् ।
अपराह्न ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई सूचित गरिसकेको छ ।
सरकारले प्रस्तुत गर्न लागेको यो पटकको बजेटमा कोरोना भाइरसको कारण परेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित हुनेछ । न्यूनतम आर्थिक क्रियाकलापको सञ्चालन र कोरोना महामारीको असरबाट बच्न बजेट केन्द्रित हुने यसअघि नै अर्थमन्त्री डा. खतिवडाले सदनमा जानकारी दिइसकेका छन् । त्यस्तै, रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण तथा सुदृढीकरणलाई मूल प्राथमिकतामा राखेर बजेट तयारी गरिएको छ । त्यस्तै, आज सदनमा प्रस्तुत हुने बजेट २६ गतेसम्म पारित गरिसक्ने तयारी संसद् सचिवालयको छ ।
फेसबुक पेज Like गर्नुहोस