प्राविधिक तयारी नपुगेकाले विषादी परीक्षण रोकियो : प्रधानमन्त्री
खबर एक्सप्रेस
२०७६-०३-२१ ११:०० मा प्रकाशित
Total Shares: 587
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तयारीपछि विदेशबाट आयात हुने र मुलुकभित्र उत्पादन हुने तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षण गरिने बताएका छन् ।
नेकपा संसदीय दलको शनिबार नयाँबानेश्वरमा बसेको बैठकमा सांसदहरुले भारतबाट आयातित तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षण रोकिएकोबारे प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले प्राविधिक तयारी नपुगेकाले परीक्षण रोकिएको जवाफ दिएका हुन् ।
प्रधानमन्त्री ओलीले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रयाप्त तयारीबिना नै भारतबाट आयातित हुने तरकारी तथा फलफूल विषादी परीक्षण गर्ने निर्णय गरेको जिकिर गर्दै अब तयारीका साथ सरकार अघि बढ्ने दाबी गरे ।
फेसबुक पेज Like गर्नुहोस