काठमाडौं -  कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ का  अध्यक्ष जीवन थापाले आफू निर्वाचित भएर आएदेखि जनतालाई सहज रुपमा सेवा दिन सफल भएको बताएका छन्  ।

सडक खानेपानी, ढल व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षणमा विशेष प्राथमिकताका साथ आफूले कामा गरेको र चागुनारायण मानटार सडक मनोहरा मार्ग मुलपानी पिपलबोट ब्रम्हखेल सडकको काम ५० प्रतिशत सम्पन्न भएको बताए ।

 सडक कालो  पत्रको काम करिब आधा दर्जन सम्पन्न भएको र बाँकी  केही सडक यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बताउँदै उनले ढल व्यवस्थापन ८० प्रतिशत काम सम्पन्न भएको र केन्द्र सरकारसँग सहकार्य गरी दुई वर्षभित्र सबैको घरमा धारा पुर्याउने योजना रहेको बताए । 

साविकको मुलपानी गाविसमा सशस्त्र प्रहरी बलको नाममा रहेको १ सय १० रोपनी जग्गा २०६३ सालमा जनताको सहमति बिना दिएको सो जग्गा फिर्ता लिइ त्यस ठाउँमा रङ्गशाला निर्माण गर्ने नगरपालिकाले निर्णय गरेको बताए ।

संघिय सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार पूर्ण रुपमा नदिएको कारण केही समस्या आएको भन्दै स्थानीय तहले पाउने पर्ने अधिकार दिन सरकारले कन्जुस्याइ नगरी दिनु पर्नेमा जोड दिए ।

 मनोहरा खोलाको नदि कटानले गर्दा बस्तीमा समस्या आएको भन्दै छिटो भन्दा छिटो सरकारले करीडोर निर्माण गर्नु पर्ने बताए ।

कुराकानीमा आधारित