काठमाडौं - सरकारले २७ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार प्रथम श्रेणीका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
निर्णयअनुसार सरुवा भएका २७ सहसचिवहरूको नाम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।
जसअनुसार वेदप्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। गोविन्दप्रसाद अधिकारीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
यसैगरी, रुद्रप्रसाद पण्डितलाई पूर्वाधार विकास मन्त्रालयबाट रक्षा मन्त्रालयमा सरुवा गरिएको छ। युगराज पाण्डेलाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
त्यसैगरी केशवराज सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा तथा नवराज ढकाललाई सोही कार्यालयबाट युवा, श्रम तथा रोजगार मन्त्रालय, संगीता ओझालाई महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवका रूपमा कामकाजमा खटाइएको छ।
त्यस्तै, कोशी प्रदेशका प्रदेश सचिव विष्णुप्रसाद कोइरालालाई सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत र बागमती प्रदेशका प्रदेश सचिव तुलसीनाथ गौतमलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र कर्णाली प्रदेशका प्रदेश सचिव सञ्जीवकुमार कर्णलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
साथै,भोजपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजन पौडेलको पोखराको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ।
सरकारले प्रशासनिक आवश्यकता तथा जनशक्ति व्यवस्थापनलाई ध्यानमा राख्दै सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।
सरुवा भएका बाँकी सहसचिवहरु सूचि

.gif)



