वैरागी काइँलालाई जगदम्बाश्री र योगेश राजलाई मदन पुरस्कार
खबर एक्सप्रेस
२०७६-०५-०१ ११:०० मा प्रकाशित
Total Shares: 1028
काठमाडौं - मदन पुरस्कार गुठीले यस वर्षको मदनपुरस्कार योगेश राज र जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई दिने निर्णय गरेको छ ।
आइतबार बसेको गुठीको साधारसभाले योगेश राजलाई ‘रणहार’ पुस्तकका लागि मदन पुरस्कार दिने निर्णय गरेको हो । जगदम्बाश्री भने साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिन्छ ।
गुठीले मदन पुरस्कार–२०७५ का लागि सात कृति छनोट गरेको थियो । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ समावेश थिए ।
फेसबुक पेज Like गर्नुहोस