काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५१ लाख प्रदान गरेको छ ।

आज कम्पनीको तर्फबाट अध्यक्ष प्रेमा सिंहले रु ५१ लाखको चेक अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई उपलब्ध गराएका हुन् ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं कम्पनी सञ्चालक समितिका सदस्य भवानी राणा, प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।