विराटनगर - कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो तीन पटक गरिएको कोरोना परिक्षणमा नेगेटिभ देखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएपछि एक साता उनीहरुलाई विराटजगरमै चिकित्सकको निगरानीमा राखिने छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् । विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत छन् ।