काठमाडौं - आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा दुई सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको परिवर्तनका कारण नेपालमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।

.gif)



