चितवन - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जिल्लामा बन्द घोषणा गरेको दिन राप्ती नगरपालिकास्थित पम्फाखोलामा बम विस्फोट भएको छ ।

नगरपालिकाको वडा नम्बर–६ स्थित पम्फा खोलामा दिउँसो १ बजेतिर भएको बम बिस्फोटमा परि १ जना घाइते भएको बताइएको छ । 

प्रहरीले दिएको जानकारीअनुसार स्थानीय राजन सिलवालले शंकास्पद वस्तु देखेपछि के रहेछ भनेर हेर्ने क्रममा बम बिस्फोट भएको हो ।

घाइते सिल्वालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हात र छातिमा चोट लागेको छ ।