कालिकोट -  तिलागुफा नगरपालिका-७ छाप्रेमा भीषण पहिरो गएको छ। गएराति अबिरल वर्षासँगै गाँउ माथिबाट हिरो आएपिछ स्थानीय गाउँ छाडेर भागेका छन्।

पहिरोका कारणा तिलागुफा नगरपालिकाको वडा नं। ६, ७ र ८ का तीन वटा बस्तीहरु जोखिममा परेका छन्।

पहिरोका कारणले ४ घरमा पूर्ण क्षति भएको छ । अन्य २० घर पहिरोको जोखिममा रहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । उज्यालो हुँदा बाढी पहिरो आएकाले मानवीय क्षति भने भएन,’ उनले भने, ‘धनमालको ठूलो क्षति भएको छ ।’

पहिरोले कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडकखण्ड पनि अवरुद्ध भएको छ। कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन्।

जोखिममा परेका घर परिवारको उद्धारका र राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।