यसकारण स्वाथ्यका लागि जरुरी छ ओखरको सेवन
काठमाडौं - मानव जीवनमा स्वास्थ्यक लागि ओखर राम्रो स्रोत हो । यसको सेवनले शरीरलाई फाइदा हुन्छ । यसमा जरूरी पोषक तत्त्व, मिनरलहरू, एन्टीअक्सिडेन्ट र भिटामिन हुन्छन् जसले शरीरका धेरै रोगहरू भगाउँछन् । दिनको एक ओखर खानुका फाइदा यस्ता छन् :
दिनदिनै एउटा ओखर खाँदा शरीरमा ऊर्जा कायम रही कोलेस्ट्रोल पनि नियन्त्रणमा रहन्छ । यसमा भएको एन्टीअक्सिडेन्ट र ओमेगा थ्री फ्याट्टी एसिडले मुटु स्वस्थ राख्छ ।
ओखर दिनदिनै दूधका साथ खाँदा घुँडा, जोर्नी र कम्मरको पीडा हराउँछ । बच्चाहरूलाई दूधसँग एउटा ओखर खुवाउँदा दिमाग तीखो हुन्छ ।
स्याउ, दालचिनी र ओखरको सलाद बनाएर दिनदिनै खाँदा तौल घट्छ । अनि यो खाँदा दिनभरि ऊर्जा प्राप्त हुन्छ । राति सुत्नुअघि एक ओखर खाँदा राम्रो निद्रा लाग्छ । त्यसमा भएको मेलाटोनिन हर्मोनले तपाईंलाई निद्रा लगाउँछ ।
ओखर सेवनले महिलामा मधुमेह र स्तन क्यान्सरलाई घटाउँछ ।यसमा भएका भिटामिन बी र एन्टीअक्सिडेन्ट गुणले छालालाई सुब्खापन र फी –याडिकलबाट बचाउँछ । छालामा डण्डीफोर र चाउरी पर्न पाउँदैन । कपाल पनि राम्रो हुन्छ ।
दिनदिनै बिहान ओखर खाँदा मानसिक रोग उत्पन्न गर्ने हानिकारक फ्री –याडिकलहरू नष्ट हुन्छन् ।
फेसबुक पेज Like गर्नुहोस