ट्र्याक्टर दुर्घटना चारको मृत्यु, ११ घाइते
खबर एक्सप्रेस
२०७६-१०-२९ ११:०० मा प्रकाशित
Total Shares: 307
काठमाडौं - पूर्वी नवलपरासीमा ट्र्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मेला हेरेर घर फर्कंदै गरेका मानिस चढेको ट्र्याक्टर दुर्घटना हुँदा जिल्लाको बुलिङटार गाउँपालिकाका चारजनाको मृत्यु भएको हो ।
ट्र्याक्टर अनियन्त्रित सडकबाट दुई सय मिटर तल खस्दा उनीहरूको मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा २२ वर्षीय नरबहादुर सुस्लिङ, ५९ वर्षीय यमानसिंह सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लीलाबहादुर सारू रहेको जिल्ला प्रहरी कार्यालयजनाएको छ ।
दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइतेमध्ये बलबहादुर झेडीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैको मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस