काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन दिएको छ । 

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई मंगलबार एक पत्र पठाउँदै सो निर्देशन दिएको हो । 

केन्द्रले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशतको पालो निर्धारण गरेर सेवा दिनसमेत भनिएको छ। अस्पतालको दरबन्दीअनुसार कुनै पद रिक्त रहे तत्काल जनशक्तिको व्यवस्थापन गर्न, स्वीकृत जनशक्ति भन्दा बढी जनशक्ति आवश्यक  भए ६ महिनाको लागि करार सेवामा लिने व्यवस्था मिलाउन मन्त्रालयले पत्राचार गरेको हो।