काठमाडौं -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेताहरुलाई प्रश्न गर्दै गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ  भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रचण्डले सो प्रश्न गरेका हुन् ।

छलफलमा बोल्दै प्रचण्डले उनले संविधानको धारा ७६ (५) बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रस्ट पारेका छन् । एमालेका नेताहरूले संविधानको धारा ७६ को (५) ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिएका हुन् । 

अदालतले अन्ततः संविधानको मर्म र भावनाअनुरूप संसद् पुनर्स्थापना गरेको भन्दै उनले संविधानमा लेखिएबमोजिम काम हुँदा लोकतन्त्र मिचियो भनेर कराउनुको अर्थ नहुने प्रस्ट पारेका छन् ।