प्रभु बैंकले २ अर्बको डिबेन्चर निष्काशन गर्ने
खबर एक्सप्रेस
२०७७-०४-०२ ०३:२४ मा प्रकाशित
Total Shares: 471
काठमाडौं - प्रभु बैंकले दुई अर्ब बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई दुई अर्ब बराबरको डिबेन्चर निष्काशन गर्न अनुमति दिएको हो । बैंकलाई २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता डिबेन्चर निष्काशन गर्न बोर्डले स्वीकृति दिएको हो ।
बैंकले ८ वर्षे अवधिको जारी गर्ने ‘प्रभु बैंक डिबेन्चर २०८४’ को ब्याजदर १० प्रतिशत निर्धारण गरेको छ । बैंकको डिबेन्चर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङले गर्नेछ ।
कूल २० लाख कित्तामध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस