काठमाडौं - मकवानपुरको हेटौंडामा कारभित्र चरेस फेला परेपछि त्यसमा सवार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार वीरगन्ज जाँदै गरेको भारतीय गाडी बीआर ०१ पीएफ ७९९८ नंको कार हटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा स्टेयरिङसँगैको डेसबोर्डभित्र ४ केजी ९०० ग्राम चरेस फेला परेको हो।

उक्त कारमा रहेका भारत विहार जिल्ला मजफ्फरपुर दादरका २८ वर्षीय शिवराज सिंह, सोही ठेगानाका २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत बिहार जिल्ला छपराका २४ वर्षीय राजु महतोलाई पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।