काठमाडौं - सरकारी कर्मचारीले कोरोना बिमा गराउदा ५० प्रतिशत अनुदान पाउने ब्यवस्था लागु भएको छ । सरकारी कर्मचारीले कोरोना बिमा गर्दा ५० प्रतिशत अनुदान सरकारले दिने भएको हो ।

अहिले गरिएको कोरोना बिमा आगामी चैतसम्म लागु हुनेछ । कोरोना बिमा ब्यत्तिगत र सामुहीक गरी २ प्रकारको गर्न सकिने र ५० लाख रुपैयाँ र एक लाख रुपैयाँसम्मको गर्न सकिने कोरोना बिमा सरकारले मापदण्ड संशोधन गर्दै ब्यत्तिगत कोरोना बिमा गर्न नपाउने ब्यवस्था गरिसकेको छ।

समितिले तोकेको बिमाको शुल्क ५० हजारको पारीवारीक बिमा शुल्क गराउदा ४ सय रुपैयाँ र १ लाखसम्मको सामुहिक बिमा गर्दा ६ सय रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष २०७७।७८ को बजेट वक्तव्यमा भएको व्यवस्था कार्यान्वयनमा आएको हो । यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब कुनैपनि निर्जीवन बीमा कम्पनी मार्फत कोरोना बीमा गराउँदा सरकारी कर्मचारीले बीमा शुल्कमा अनुदान पाउने भएका हुन् ।