काठमाडौं - शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई आज डिल्लीबजारबाट पक्राउ गरेको हो। 

बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । 

विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोगको अभियोगमा गत महिना उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो। 

सोही मुद्दामा फरार रहेका अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । 

यसअघि गत चैतमा पनि उनी पक्राउ परेका थिए । विचौलिया  दिपक भट्टसँग ४५ करोड अवैध कारोबारमा मुछिएका अग्रवाल यसअघि पनि  २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलको बैंक खाताबाट दिपक भट्टको खातामा शंकास्पद रकम जम्मा भएको विषयमा उनीमाथि अनुसन्धान भएको थियो । 

सोही प्रकरणमा अग्रवालका छोरा सुलभ पक्राउ परेपछि शंकरलाई भने आइतबार नै आवश्यक परेका बेला उपस्थित हुने सर्तसहित छाडिएको थियो ।