काठमाडौँ - नेपालमा हालसम्म करिब ६० हजार गैरसरकारी संस्था (एनजीओ) आबद्ध भए पनि करिब १० हजार मात्रै सक्रिय अवस्थामा रहेको पाइएको छ।
करिब २५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालमा काम गरेको रेकर्ड भए पनि हाल १३६ वटा संस्था मात्रै सक्रिय आयोजनासहित सञ्चालनमा रहेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा समाज कल्याण परिषद्का सदस्य सचिव एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले यसबारे जानकारी दिएका हुन्। ‘समाज कल्याण परिषद्मा करिब ६० हजार एनजीओ आबद्ध छन्, जसमध्ये करिव १० हजार सक्रिय छन्। नेपालमा हालसम्म करिब २५० आईएनजीओले काम गरेका छन् भने १३६ संस्था मात्र सक्रिय छन्’, उनले भने।

.gif)



