बादलले साँझ शपथ लिँदै
खबर एक्सप्रेस
२०७८-०१-०५ ०२:२६ मा प्रकाशित
Total Shares: 401
काठमाडौं - माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य खोसेपछि गृहमन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’लाई सरकारले पुनः गृहमन्त्रीमा नियुक्त गरेको छ। संविधानको धारा ७८ (२) अनुसार उनलाई ६ महिनाका लागि गृहमन्त्रीमा नियुक्त गरिएको हो ।
थापालाई आजै बेलुकी ५ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ। सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्ने भएका हुन् ।
गृहमन्त्री बादल नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य पद खोसेको हो । राष्ट्रियसभा सदस्य नरहँदा उनको गृहमन्त्री पद पनि गुमेको थियो।
फेसबुक पेज Like गर्नुहोस