काठमाडौं - नेपालमा कोरोनाभाइरस कोभिड– १९ संक्रमितको संख्या २ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार कोभिड( १९ संक्रमितको कुल संख्या २ हजार ९९ पुगेको छ ।

पछिल्लो अपडेटअनुसार २८८ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।संक्रमितमध्ये २६६ जना डिस्चार्ज भएका छन् ।