ओलीलाई गगनको प्रश्नः झलनाथको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?
काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले पूर्वप्रधानमन्त्रीको उपचार खर्च बेहोर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
एमाले नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको भारतको एपोलो अस्पतालमा लागेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएपछि थापाले शनिबार सामाजिक सञ्जालमार्फत यो कुन कानुनका आधारमा निर्णय गरेको हो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका हुन् । राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने जोसुकैलाई एक रुपैयाँ पनि निकाशा दिन नमिल्ने उनको दाबी छ ।
‘उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा @mohpnep ले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो।यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ। तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन।’ उनले भनेका छन्, ‘यो संशोधन संसदले स्विकार्दै बनेको कानून २०७५/६/२ गतेदेखि लागूभयो। कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन। @PM_Nepal अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?’
फेसबुक पेज Like गर्नुहोस