रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त
खबर एक्सप्रेस
२०७७-०५-१८ १०:३४ मा प्रकाशित
Total Shares: 466
काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सनराइज क्यापिटल लिमिटेड मार्फत हुनेछ ।
कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटललाई नियुक्ति गरिएको कम्पनीले एक सूचना मार्फत जानकारी गराएको छ ।
फेसबुक पेज Like गर्नुहोस